७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापकोटाविरुद्धको हत्याको मुद्दामा सर्वोच्चले मगायो सत्य निरुपणबाट निवेदन



अ+ अ-

काठमाडौं । द्वन्द्वकालमा काभ्रेको अर्जुन लामा हत्याको घटनामा मुद्दामा सर्वोच्च अदालतले पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको उजुरी मगाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा निवेदन दिएको भए त्यसको प्रतिलिपी मगाउन आदेश दिएको हो ।

२०६२ साल वैशाख १६ गते तत्कालिन विद्रोही माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव भेटिएको थियो । उनको हत्यामा संलग्नताको आरोपमा माओवादी नेता अग्नि सापकोटासहितविरुद्ध लामाकी पत्नीले २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतमा यसअघि २०७२ चैत १२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले टुंगो लगाउनुपर्ने आदेश दिएको थियो ।