१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्नः सदन सभामुखले चलाएका छन् कि नेकपाका सदस्यले ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छाँयाको रुपमा सिमिति हुँदै गएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छाँयाको रुपमा सिमिति भएको संसदका सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

सभामुखले स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नुभएको छैन । संसद प्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । जब सम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहदैन । सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।” सांसद थापाको भनाई छ ।

‘हजोको बैठकमा मन्त्रीले भन्नुभयो, म संसदीय समितिको सामना गर्न तयार छु । सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । तर आज प्रमुख प्रतिपक्षी उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ’ थापाले भने, आफैं पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैंले चलाइरहेको छ रु’

सर्लाहीमा भएका दुबै घटनासामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्नसक्छ भएकाले आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको उनले बताए ।