८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्नः सदन सभामुखले चलाएका छन् कि नेकपाका सदस्यले ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छाँयाको रुपमा सिमिति हुँदै गएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छाँयाको रुपमा सिमिति भएको संसदका सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

सभामुखले स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नुभएको छैन । संसद प्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । जब सम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहदैन । सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।” सांसद थापाको भनाई छ ।

‘हजोको बैठकमा मन्त्रीले भन्नुभयो, म संसदीय समितिको सामना गर्न तयार छु । सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । तर आज प्रमुख प्रतिपक्षी उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ’ थापाले भने, आफैं पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैंले चलाइरहेको छ रु’

सर्लाहीमा भएका दुबै घटनासामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्नसक्छ भएकाले आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको उनले बताए ।