८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौका परीक्षाको माग गर्दै पोखरा विश्वविद्यालयमा तालाबन्दी



अ+ अ-

पोखरा । परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) का विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । बिपिएच पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो ।

गत शुक्रबारदेखि उनिहरुले क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा बिपिएचका विद्यार्थी छुटेका थिए । क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो ।