पोखरा । श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय रमेश नेपाली रहेका छन् ।
प्रहरीकाअनुसार गत असार १ गते श्रीमती लक्ष्मी नेपालीलाई औषधि गर्न जाउ भनि लगेर पोखरा महानगर २२ पुम्दिभुम्दिस्थित ठुलढुंगाको जगंलमा लगि हत्या गरेको प्रहरीले जनाएको छ ।
शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।