४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ



अ+ अ-
सांकेतिक तस्विर

जनकपुर । धनुषामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पकउ पर्नेमा सबैला नगरपालिका–८ का ३० वर्षीय मविक राइन र ३६ वर्षीय मजिबुल राइन रहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

मंगलबार राति १० बजे पानी कलमा आएकी १४ वर्षीया बालिकालाई दुबै जनाले जबर्जस्ती नियन्त्रणमा लिएर बलात्कार गरेको कार्कीले बताए।

उनीहरुले बालिकालाई नियन्त्रणमा लिएर मोटरसाइकलमा राखेर घरबाट १ किलोमिटर पर लगेर बलात्कार गरेको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवैजनालाई धनुषा जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दमा म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।