८ आश्विन २०८१, मंगलवार
,
Latest
मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ



अ+ अ-
सांकेतिक तस्विर

जनकपुर । धनुषामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पकउ पर्नेमा सबैला नगरपालिका–८ का ३० वर्षीय मविक राइन र ३६ वर्षीय मजिबुल राइन रहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

मंगलबार राति १० बजे पानी कलमा आएकी १४ वर्षीया बालिकालाई दुबै जनाले जबर्जस्ती नियन्त्रणमा लिएर बलात्कार गरेको कार्कीले बताए।

उनीहरुले बालिकालाई नियन्त्रणमा लिएर मोटरसाइकलमा राखेर घरबाट १ किलोमिटर पर लगेर बलात्कार गरेको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवैजनालाई धनुषा जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दमा म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।