८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँफे-मार्तडी राजमार्ग अवरुद्ध



अ+ अ-

बाजुरा । लगातार दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताउनुभयो ।

उहाँले बार्जुगाड हुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध बनेको बताउनुभयो । आज बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजारभन्दा माथि आउन नसकेको यात्रु विजयनारायण यादवले बताउनुभयो ।
राजमार्गका सडक अविरल वर्षाका कारण अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अवरुद्ध सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय साँफेलाई खबर गरी कार्यालयबाट जेसिभी पठाएपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आउने उहाँको भनाइ थियो ।

साँफे–मार्तडी राजमार्ग सडक अछाम जिल्लाका बुढाबगरलगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छाउन सडक डिभिजन कार्यालयलाई खबर गरिसकेको प्रजिअ न्यौपानेले बताउनुभयो ।

यसतै बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि वर्षाले अवरुद्ध बनेको छ । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको हो । यस्तै ग्रामीण भेगमा खनिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावत गर्न निकै कठिन हुने गरेको यात्रुको गुनासो छ । सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयले वर्षायाममा पैदलयात्रा गर्न बाध्य हुने गरेका छन् । जथाभावी खनिएका सडकले जिल्ला पहिरो उच्च जोखिममा परेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले बताएको छ । प्राविधिकरूपमा चेकजाँच नै नगरी खनिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् ।