८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भित्रिएको भारतीय ट्रकमा तोडफोड



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ । बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिनुभयो । स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि निजहरु भागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् ।

पूर्वतर्फ गइरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा गए राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका माझीको उपचारको क्रममा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो । माझीसंँगै ट्रकको ठक्करबाट घाइते भएका सोही ठाउंँ निवासी ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।