१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंगल्याण्डविरुद्ध अष्ट्रेलियाको कमजोर ब्याटिङ, फिन्च,वार्नर र ह्याण्डसकम आउट



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध खराब सुरुवात गरेको छ ।

वर्मिंघममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले सुरुवातमै महत्वपूर्ण तीन विकेट गुमाएको छ । कप्तान आरोन फिन्च शून्य रनमै, डेभिड वार्नर ९ र पिटर ह्याण्डसकम ४ रनमा आउट भए । अष्ट्रेलियाले उस्मान ख्वाजाको स्थानमा पिटरलाई डेब्यु गराएको हो ।

उपाधि दौडलाई कायमै राख्नका लागि दुबै टिमलाई आजको खेलमा जित हार्ने दाउमा छन् । सर्वाधिक पाँच पटकको विजेता अष्ट्रेलिया इंग्ल्यान्डलाई पराजित गर्दै छैटौं पटक उपाधि जित्ने सपना नजिक हुनेछ । अष्ट्रेलिया निकै बलियो टिम हो ।

यता, इंग्ल्यान्ड भने लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । लिग चरणको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको थियो ।