८ आश्विन २०८१, मंगलवार
,
Latest
मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंगल्याण्डविरुद्ध अष्ट्रेलियाको कमजोर ब्याटिङ, फिन्च,वार्नर र ह्याण्डसकम आउट



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध खराब सुरुवात गरेको छ ।

वर्मिंघममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले सुरुवातमै महत्वपूर्ण तीन विकेट गुमाएको छ । कप्तान आरोन फिन्च शून्य रनमै, डेभिड वार्नर ९ र पिटर ह्याण्डसकम ४ रनमा आउट भए । अष्ट्रेलियाले उस्मान ख्वाजाको स्थानमा पिटरलाई डेब्यु गराएको हो ।

उपाधि दौडलाई कायमै राख्नका लागि दुबै टिमलाई आजको खेलमा जित हार्ने दाउमा छन् । सर्वाधिक पाँच पटकको विजेता अष्ट्रेलिया इंग्ल्यान्डलाई पराजित गर्दै छैटौं पटक उपाधि जित्ने सपना नजिक हुनेछ । अष्ट्रेलिया निकै बलियो टिम हो ।

यता, इंग्ल्यान्ड भने लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । लिग चरणको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको थियो ।