काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भोजपुर गोलीकाण्डमा आफ्ना कार्यकर्ता प्रहरीसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा शाहदत भएको बताएको छ ।
बिहीबार सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को शाहदत भएको दाबी गरिएको छ ।
विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।
भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।उनको टोलीसँग समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको परिवारसँग भेटघाट गरेर फर्किने क्रममा जम्काभेट भएको उल्लेख छ ।