१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरकुमार राई प्रहरीसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा शाहदत भए: विप्लव



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भोजपुर गोलीकाण्डमा आफ्ना कार्यकर्ता प्रहरीसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा शाहदत भएको बताएको छ ।

बिहीबार सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को शाहदत भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।उनको टोलीसँग समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको परिवारसँग भेटघाट गरेर फर्किने क्रममा जम्काभेट भएको उल्लेख छ ।