८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको उपाधि जित्नु मेरो उदेश्य होः डी जोङ



अ+ अ-

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर डी जोङले च्याम्पियन्स लिगको उपाधि जित्ने उदेश्य बार्सिलोना र आफ्नो उदेश्य रहेको बताएका छन् ।

नेदरल्याण्ड्सको क्लब आयाक्सबाट बार्सिलोनाले अनुबन्ध गरेका डी जोङले बार्सा टिभीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । उनले भने ‘बार्सा र म आफू पनि यो वर्ष च्याम्पियन्स लिग जित्न चाहान्छौं । मलाई विश्वास छ यो वर्ष हामी च्याम्पियन्स लिग जित्ने छौं ।’

‘मैले बार्सिलोनालाई फलो गर्न थालेको समय भइसक्यो । म ९ वर्षको हुँदा सन् २००६ मा बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसपछि मैले बार्साको धेरै खेल हेरेको छु । बार्सिलोनाको खेल साँच्चिकै हेर्न लायक हुन्छ । बार्सिलोनाले जहिले पनि आफ्नो पनलाई कायम राख्छ । जुन क्लबको लागि निकै महत्वपूर्ण हुन्छ ।’

उनले बार्सिलोना आफ्नो लागि कल्ब कलब भएको बताएका छन् । उनले आफ्नो खेल देखाउनका लागि बार्सिलोन कल्ब उत्कृष्ट रहेको बताए ।

जनवरीमा ७५ मिलियन युुरोमा बार्सिलोनामा आए नेदरल्यान्डका २२ वर्षीय खेलाडी जोङले भने, “मिडफिल्डरको लागि यो उचित क्लब हो ।जहाँ विश्वकै ठूला मिडफिल्डरले खेलिसकेका छन् ।”

फरक प्रशंगमा उनले लिजेन्ड जाभी र आन्द्रे इनिएस्टासँग तुुलना गरेको आफूलाई ठिक नलागेको बताए ।उनले भने सबारेमा कुुनै पनि रुचि छैन । “मलाई आफूलाई ती लिजेन्डसँग तुुलना गरेको ठिक लाग्दैन ।”

यसअघि पनि उनले बार्सिलोना जाने निर्णयमा कुनै पछुतो नरहेको बताएका थिए ।

उनले भनेका थिए, ‘मलाई पछुतो छैन तर अफसोच लागेको छ । किनेभने मेरो विचारमा आयाक्स यो सिजन युनिक टिम देखिएको छ । हामीले धेरै रामाइलो गरका छौ । हामीले धेरै अनुवभसँगै उत्कृष्ट क्षणहरुपनि बटुलेका छौ । यो क्षण म सधै सम्भिरहनेछु ।’

यो सिजनमा निकै सफल भएका उनले आफ्नो क्लब आयाक्सलाई दुई वटा घरेलु लिगको उपाधि दिलाए । त्यस्तै, आयाक्सले च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा गर्दा उनको प्रदर्शन उच्चकोटीको थियो । त्यही प्रदर्शनलाई नियाल्दै बार्सिलोनाले उनलाई भित्र्याएको हो ।