८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको मुख सम्हाल्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी



अ+ अ-

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्रीहरूको मुख सम्हाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्वीट गरेर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पार्टीमाथि चन्द समूहको हिंसा पक्षपोषण गरेको भनी लगाएको आरोप अराजनीतिक रहेको उल्लेख गरेका छन् ।

मन्त्री बास्काेटाले बिहीबार पत्रकार सम्मेलनमा कांग्रेस दिनभरि बीपी, रातभरि विप्लववादी बनेको आरोप लगाएका थिए । पत्रकार सम्मेलनलगत्तै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटमा भनेका छन्, ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसद्मा, तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित हुन्न । भनाइ छ, हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न। ‘लगाम’ उपहार पठाऊँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?’

शर्माले हिंसाको दर्शनमाथि विश्वास गर्ने नेकपाका नेता एवं मन्त्री बाँस्कोटाले हिंसाबारे आफ्नो पार्टीको धारणा मागेको भन्दै रोष प्रकटसमेत गरेका छन्। ‘जसको दर्शनमै हिंसा छ, परिस्थितिवश अर्को बाटो स्वीकार गरेको छ, उसले हामीसित धारणा माग्नेरु हिंसा गरेर संसद् कब्जा गर्ने लेनिनको तस्बिर पहिले उतारोस्,’ उनले भने।

शर्माले गाउँमा कसैका छोराछोरी बिग्रिए उनीहरूलाई गाली गर्नुको साटो सुधार्न सीधै अभिभावकसँग संवाद गर्ने परम्पराअनुसार आफूले ट्वीटमा प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको मुख सम्हाल्न आग्रह गरेको बताए। ‘प्रधानमन्त्रीलाई मन्त्रीहरू सम्हाल्न सचेत गराएको हुँ। यद्यपि अभिभावक (प्रधानमन्त्री) आफैं कति जिम्मेवार हुनुहुन्छ भन्ने अर्को प्रश्न पनि छ,’ उनले भने। उनले चन्द समूहले हिंसाको राजनीति छाड्नुपर्ने र सरकारले वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको उल्लेख गरे।