८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण देशभर कहाँ के भो, यस्तो छ पछिल्लो अपडेट



अ+ अ-

काठमाडौं । अविरल वर्षाका कारण देशभर सडक अवरुद्ध भएका छन् भने कुनै-कुनै स्थानमा पहिरो समेत गएको छ ।

कहाँ के भो

रामपुरमा पहिराका कारण बिरामीलाई अन्यत्र लैजान समस्या

लगातारको वर्षाका काराण पाल्पाको रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्ची भएका कारण आवतजावतमा समस्या बनेको हो । रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हुँदै कास्की पोखरा तथा नवलपुर हुँदै नारायणगढ तथा काठमाडौंँ जान आउन समस्या भएको छ । जताततै कच्ची मोटरबाटो छ । तत्काल पहिरो हटाउन पनि समस्या छ ।

यसबाट यात्रुले सास्ती व्यहोर्नुपरेको छ । निस्दी गाउँपालिका बेलडाँडा रिङ्दी क्षेत्र, पूर्वखोला गाउँपालिका वडा नम्बर १ वासुका क्षेत्रमा झरेको पहिरो हटाउन डोजरबाट काम भए पनि पहिरो निरन्तर झरेको र पानी परिराखेका कारण समस्या भएको जव्गाडी प्रहरी चौकीका हवल्दार मेघराज बेल्वासेले जानकारी दिनुभयो ।

ठाउँठाउँमा पहिरो खसेर बाटो अवरुद्ध हुँदा बिरामीलाई तानसेन, बुटवल तथा तथा अन्यत्रका अस्पतालमा लैजानसमेत समस्या भएको रामपुर यातायात व्यवसायी समिमि अध्यक्ष राजन पोखरेलले गुनासो गर्नुभयो । “पहिरो जानेबित्तिकै सडक विभाग तथा विभिन्न स्थानीय तहमा कुरा राख्यौँ, समयमै पहिरो हटाउनेतर्फ ध्यान गएन, यात्रुलाई सास्ती छ ।”

रामपुरबाट एम्बुलेन्समा बिरामी राखेर काठमाडौं लैजाँदै गर्दा पहिराले रोकिनुपरेको रामपुरका राजेन्द्रप्रसाद लम्सालले बताउनुभयो । बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करीब तीन घण्टा रोकिनुपरेको उहाँले बताउनुभयो । सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नहुँदा मानिसको अकालमै ज्यानसमेत जान सक्ने भएकाले यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामा नै करीब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताउनुभयो ।

सिस्नेरी सडक अवरुद्ध

हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।

यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ । सो सडक खुलाउने प्रयास भइरहेकोे फाखेल प्रहरी चौकीले जानकारी दिएको छ ।

त्रिभुवन राजपथको हेटौँडा काठमाडौँ सडक यातायात भने सञ्चालनमा रहेकोे जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।