काठमाडौं । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिकोविमान त्रिभुवन अन्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ । अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो ।
कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण धावनमार्गबाट चिप्लिदा विमानमा सवार २ जनाको अवस्था गम्भिर रहेको छ। उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ।
अहिले विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।