काठमाडौं । अविरल वर्षाको कारण आएको पहिरोमा परी काभ्रे र रामेछापमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।
रामेछापमा पहिरोमा १ जनाको मृत्यु भएको र काभ्रेमा २ जनाको मृत्यु भएको छ । यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।