काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि निकासीको लागि २३ वटा ढोका खोलिएको छ ।
प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको रहेपनि शुक्रवार बिहान ८ बजे १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।
पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरेको छ ।
सप्तकोशीको पानीको बहाव कोशी ब्यारेजमा मापन गरिन्छ ।