२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाउँदा बालक बेपत्ता



अ+ अ-

पाँचथर । खोला तर्ने क्रममा एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले विद्यार्थीलाई बगाउदा स्थानिय प्रहरीचौकी र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।

यस्तै कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध जाहेरी दर्ता गराएको छन् ।

विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि ९असार २४ गते राति० उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध जाहेरी दर्ता भएको बताउनुभयो ।

प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उहाँले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिनुभयो ।