८ आश्विन २०८१, मंगलवार
,
Latest
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्ग अवरुद्ध, सवारी साधन रोकिए



फाईल फोटो
अ+ अ-

मुग्लीन । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक-पटक सडक अवरुद्ध गर्दै आएको छ ।

यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ ।

बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पुर्याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् । लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ ।

गत वर्षको भदौ २९ गते गएको सुक्खा पहिरो खस्दा बडिगाड खोला थुनिएर एक किलोमिटर ताल बनेको तुरतुरे ताल नजिकै लोकमार्गको करीब ५० मिटर सडक भासिएर चिराचिरा परेको छ । वैकल्पिक बाटोको व्यवस्था नहुँदा निकै जोखिम मोलेर यातायातका साधन चलाउँदै आएको चालक भरत गौतमले बताउनुभयो ।

गौतमका अनुसार बागलुङ बजारदेखि झण्डै तीन घण्टामा बुर्तिवाङ पुग्न सकिनेमा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताउनुभयो । “नाली बिनाको सडकले जम्मा गरेको भल सोझै लोकमार्ग हुँदै आउँछ”, श्रेष्ठले भन्नुभयो, “सामान्य पानी जाने गरी लोकमार्गले सडकमुनि बनाएको संरचना पुरिएर लोकमार्गमा लेदो बग्छ ।” लोकमार्ग माथि खनेको सडकको लेदो भ्वाङ खोलाले बगाउँदा पकट–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ भने तीन घरमा क्षति पु¥याएको छ ।

वर्षायाममा लोकमार्ग हुँदै बग्ने दर्जनौँ खोलाको उचित व्यवस्थापन नहुँदा लोकमार्ग नै जोखिममा परेको हो । भ्वाङ खोलाले ल्याएको बाढीले बडिगाड गाउँपालिका–६ खाल बजार नजिकैका तीन वटा घरमा क्षति पु¥याएकोे छ भने दर्जनाँै पटक लोकमार्ग अवरुद्ध भएको छ । जेठ २८ गत बाढीका कारण क्षति पु¥याएको घर असार २३ गते आएको बाढीले थप क्षति पु¥याउँदा विस्थापित हुने अवस्थामा आएको पीडित गोठे सार्कीले बताउनुभयो ।

भ्वाङ् खोलो मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तिवाङसम्म लोकमार्ग माथि खनिएका सडकको भलसँगै आएको लेदोले लोकमार्ग जोखिममा परेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

राजमार्ग खुलाउने स्थानीय तहको काम नभए पनि यात्रुको सहजताका लागि पटक–पटक गाउँपालिकाको खर्चमा सडक खुलाउँदै आएको पाइजाको भनाइ छ । बागलुङ नगरपालिका–३ बोक्से, दुदिलाभाटी, तुरतुरे ताल वरपर, भ्वाङ खोला, रिघाको मनेवा पाटा, आँगा खेतलगायतका दर्जनाँै स्थानमा पहिरो जाँदा लोकमार्ग असुरक्षित भएको खाल बजारकी सुष्मा केसीले बताउनुभयो । वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनौँ पटक अवरुद्ध भइसकेको छ ।   

बागलुङ बजारदेखि घोडा बाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेको सन्र्दभमा पक्की सडक भएको घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाने हुँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । बागलुङ बजारदेखि बुर्तिवाङ सडकखण्डमा सहजरुपमा आउजाउ गर्न लोकमार्ग आयोजनासँग समन्वय गरेर अगाडि बढेको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । “विपद् व्यवस्थापनमा हामी संवेदनशील छौँ”, प्रजिअ क्षेत्रीले भन्नुभयो, “जोखिम भए पनि लामो समयसम्म सडक अवरुद्ध भएको छैन ।” दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आयोजनासँग छलफल भइरहेको प्रजिअ क्षेत्रीको भनाइ छ ।