११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

पृथ्वीराजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

पृथ्वीराजमार्ग अवरुद्ध, सवारी साधन रोकिए
फाईल फोटो
अ अ+ अ-

मुग्लीन । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक-पटक सडक अवरुद्ध गर्दै आएको छ ।

यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ ।

बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पुर्याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् । लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ ।

गत वर्षको भदौ २९ गते गएको सुक्खा पहिरो खस्दा बडिगाड खोला थुनिएर एक किलोमिटर ताल बनेको तुरतुरे ताल नजिकै लोकमार्गको करीब ५० मिटर सडक भासिएर चिराचिरा परेको छ । वैकल्पिक बाटोको व्यवस्था नहुँदा निकै जोखिम मोलेर यातायातका साधन चलाउँदै आएको चालक भरत गौतमले बताउनुभयो ।

गौतमका अनुसार बागलुङ बजारदेखि झण्डै तीन घण्टामा बुर्तिवाङ पुग्न सकिनेमा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताउनुभयो । “नाली बिनाको सडकले जम्मा गरेको भल सोझै लोकमार्ग हुँदै आउँछ”, श्रेष्ठले भन्नुभयो, “सामान्य पानी जाने गरी लोकमार्गले सडकमुनि बनाएको संरचना पुरिएर लोकमार्गमा लेदो बग्छ ।” लोकमार्ग माथि खनेको सडकको लेदो भ्वाङ खोलाले बगाउँदा पकट–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ भने तीन घरमा क्षति पु¥याएको छ ।

वर्षायाममा लोकमार्ग हुँदै बग्ने दर्जनौँ खोलाको उचित व्यवस्थापन नहुँदा लोकमार्ग नै जोखिममा परेको हो । भ्वाङ खोलाले ल्याएको बाढीले बडिगाड गाउँपालिका–६ खाल बजार नजिकैका तीन वटा घरमा क्षति पु¥याएकोे छ भने दर्जनाँै पटक लोकमार्ग अवरुद्ध भएको छ । जेठ २८ गत बाढीका कारण क्षति पु¥याएको घर असार २३ गते आएको बाढीले थप क्षति पु¥याउँदा विस्थापित हुने अवस्थामा आएको पीडित गोठे सार्कीले बताउनुभयो ।

भ्वाङ् खोलो मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तिवाङसम्म लोकमार्ग माथि खनिएका सडकको भलसँगै आएको लेदोले लोकमार्ग जोखिममा परेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

राजमार्ग खुलाउने स्थानीय तहको काम नभए पनि यात्रुको सहजताका लागि पटक–पटक गाउँपालिकाको खर्चमा सडक खुलाउँदै आएको पाइजाको भनाइ छ । बागलुङ नगरपालिका–३ बोक्से, दुदिलाभाटी, तुरतुरे ताल वरपर, भ्वाङ खोला, रिघाको मनेवा पाटा, आँगा खेतलगायतका दर्जनाँै स्थानमा पहिरो जाँदा लोकमार्ग असुरक्षित भएको खाल बजारकी सुष्मा केसीले बताउनुभयो । वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनौँ पटक अवरुद्ध भइसकेको छ ।   

बागलुङ बजारदेखि घोडा बाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेको सन्र्दभमा पक्की सडक भएको घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाने हुँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । बागलुङ बजारदेखि बुर्तिवाङ सडकखण्डमा सहजरुपमा आउजाउ गर्न लोकमार्ग आयोजनासँग समन्वय गरेर अगाडि बढेको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । “विपद् व्यवस्थापनमा हामी संवेदनशील छौँ”, प्रजिअ क्षेत्रीले भन्नुभयो, “जोखिम भए पनि लामो समयसम्म सडक अवरुद्ध भएको छैन ।” दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आयोजनासँग छलफल भइरहेको प्रजिअ क्षेत्रीको भनाइ छ ।