८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित, पारसको सानदार ब्याटिङ



अ+ अ-

क्वालालम्पुर । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियामा भएको मलेसियाविरुद्ध टी–ट्वीन्ट सिरिज अन्गर्तगत पहिलो खेलमा सानदार जित हात पारेको छ ।

मलेसियाको किनरारा मैदानमा भएको खेलमा नेपालले मलेसिलाई ७ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

१२९ रनको लक्ष्य नेपालले १८.२ ओभरमा विकेट ७ गुमाएर पूरा ग¥यो । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरे । ५० बलमा ८६ रन बनाएका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी सरद भेषवाकरले १६ रनको योगदान गरे । प्रदीप ऐरीले ८ ज्ञानेन्द्र मल्ले ७ रोहितकुमार पौडेलले ५ रन जोडे ।

मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए । फित्री सामले १ विकेट लिए ।

ब्याटिङतर्फ उत्कृष्ट सुरुवात गरेको मलेसियाले पछि निरन्तर विकेट गुमाउँदा मध्यम स्कोर मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरानदीप सिंहले सर्वाधिक ५७ रन बनाए । अहमद फैजले ४५ रन र फित्री सामले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।

नेपालले यही जुलाई २० देखि सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्दैछ । सोही प्रतियोगिता अगाडी अभ्यासका लागि नेपालले मलेसियासँग दुई २ टी–ट्वीन्ट प्रतियोगिता खेल्न लागेको हो ।

अर्को खेल नेपालले सोही मैदानमा आइतबार खेल्दैछ । यस प्रतियोगिता खेलेर नेपाल उतैबाट एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्न सिंगापुर जानेछ ।