काठमाडौं । बाढी र पहिरोका कारण शनिबार बिहानसम्म २६ जनाले ज्यान गुमाई सकेका छन् । प्रहरी प्रधानकार्यालयका अनुसार बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ भने १५ जना घाइते भएका छन् ।
काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३–३, मकवानपुर, धादिङ, भोजपुरमा २–२, इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा, बारा, रामेछाप, सिन्धुलीमा १–१ जनाको मृत्यु भएको छ भने देशका विभिन्न स्थानबाट १५ जना हराइरहेको प्रहरीले बताएको छ ।