१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमोना हालेप विम्बल्डन च्याम्पियन, सेरेना विलियम्स पराजित



अ+ अ-


काठमाडौः बेलायतमा शनिबार सम्पन्न विम्बल्डन लनटेनिसमा महिलातर्फ सिमोना हालेप च्याम्पियन बनेकी छिन् ।
रोमानीयाका २७ वर्षीया हालेपले पूर्व च्याम्पियन अमेरिकाकी सेरेना विलियम्सलाई ६-२, ६-२ को सोटो सेटमा पराजित गरेकी थिइन् । उक्त खेल ५६ मिनेटमै सकिएकाे थियाे
पहिलो पटक विम्बल्डन जितेकी सिमोना हालेपले कोर्टमा निकै सशक्त प्रतिभा प्रस्तुत गरेकी थिइन् । उनको जितमा सेरेनाले सर्भिस र अरु कैयौं पटक गरेका गल्तीले पनि सहज भूमिका निर्वाह गरेको थियो ।
यो उनको पहिलो विम्बल्डन उपाधि हो । सिमाेनाले सन् २०१८ मा फ्रेन्च अाेपन जितेकी थिइन् ।

३७ वर्षकी सेरेना विलियम्स २४अाैं ग्रान्डस्लाम उपाधिकाे खाेजीमा थिइन् तर उनकाे सपना यसपटक पूरा हुन पाएन । विगत १२ महिनामा सेरेनाकाे याे तेस्राे मुख्य हार हाे ।

पुरुषतर्फ भने आइतबार फाइनल खेल हुनेछ । फाइनलमा रोजर फेडरर र नोभाक जोकोभिक भिड्दैछन् ।