८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डले नै विश्वकपको उपाधी जित्छ: रिकी पोन्टिङ



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका सहायक प्रशिक्षकको भूमिका निभाएका रिकी पोन्टिङ अब इंग्ल्यान्डले नै विश्वकपको उपाधी जित्ने बताएका छन् ।

पोन्टिङले भनेका छन्– मलाई लाग्छ कि इंग्ल्यान्डले विश्वकप जित्नेछ । मैले विश्वकप सुरु हुनुअघि नै भनेको थिएँ की इंग्ल्यान्डलाई हराउन सजिलो छैन । मैले पहिले पनि विश्वकप जित्ने प्रमुख दाबेदार टिमको रुपमा लिएको थिएँ । अहिले पनि इंग्ल्यान्डले नै जित्छ जस्तो लागेको छ ।’

यो पटक इंग्ल्यान्डका खेलाडीमा राम्रो प्रतिभा भएको कारण उपाधि जित्न सक्ने पोन्टिङ बताउँछन् ।

विश्वकप क्रिकेटमा लगातार तीन ठूला टिमलाई जितेपछि घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्नुअघि इंग्ल्यान्डले लगातार भारत र न्युजिल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।इंग्ल्यान्ड चौथो पटक विश्वकप फाइनल खेल्दैछ भने न्युजिल्यान्ड दोस्रो पटक ।