९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशका पूर्व राष्ट्रपति एर्सादको निधन



अ+ अ-

ढाका । बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हाल्नु भएको थियो । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिनुभएको थियो ।

सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य हुनुभएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो ।

पछिल्लो समय जातीय पार्टी खोल्नु भएका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उहाँका पूर्व सहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताउनुभयो ।

सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लव मार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याउनुभएको थियो । उहाँकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो ।

सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उहाँको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो । उहाँ वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि हुनुहुन्थ्यो जहाँबाट उहाँले लगातार छ पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो ।