८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोको विपदप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । बाढी पहिरोका कारण देशभर जनधनको क्षति भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नुपर्ने बताएका छन् ।

उनले राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा दुख व्यक्त पनि व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले प्राकृतिक विपदका पीडितप्रति समवेदना र सहानुभूति व्यक्त गर्दै विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।