८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगोलागी, तीन नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्।

शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ । आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन् ।