८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र राजमार्गमा बस र मोटरसाइकल जुध्दा १ जनाको मृत्यु



अ+ अ-

बर्दिया । बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे४प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अहिले उत्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रण लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए ।