४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको जवाफः टोर्नाडो जाने अमेरिकामा त पूर्वतयारी हुँदैन नेपालले कसरी गर्न सक्छ?



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले स्रोत साधन कमी भएकोले बाढी र पहिरोको लागि पूर्वतयारी राम्ररी गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार विपद् व्यवस्थाका क्रममा पूर्व तयारीमा सरकारले काम नगरेकोबारे सांसदहरूले सोधेको प्रश्नमा उनले विकसित देशहरूले पनि पूर्वतयारीमा ध्यान दिन नसकेको तर्क गरे।

‘अबदेखि हामी गम्भीरतापूर्वक पूर्व तयारीमा लाग्छौँ।’ गृहमन्त्रीले भने, अमेरिकाम टोर्नाडो जान्छ, जापनामा सुनामी जान्छ। शक्तिसम्पन्न यी देशमा पनि राम्ररी पूर्व तयारी भएको पाइएन। हामीजस्तो स्रोत साधन कमी भएको देशमा पनि पूर्वतयारी राम्ररी गर्न सकिएन।’

उनले विकासका नाममा भएको विनासले अहिलेको विपद हुने भन्दै यस्ता गतिबिधि नरोकिए तराई छिटै नै मरुभुमि बन्ने बताए ।

‘यो प्राकृतिक विपद् होइन, मानवसिर्जित विपद् हो’, समिति बैठकमा गृहमन्त्री थापाले भने, ‘विकासका नाममा हामीले विनास गर्‍यौँ। चुरे नांगिदै छ। यस्तै हो भने केही वर्षमा तराई मरुभूमि हुने अवस्थामा पुग्छ।’

गृहमन्त्रीले बाढीबाट २८ जिल्लामा प्रभावित बनेको जानकारी गराए।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विपद्मा घाइते भएकाहरूलाई प्रभावकारी उपचार गर्न र बेपत्ताको सीघ्र खोजी गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सरोकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।

पीडितको उद्दार उचित किसिमले गर्न, विस्थापितलाई यथासीघ्र पुनर्स्थापना गर्न तथा माहामारी फैलन नदिन सम्बन्धित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन समितिले निर्देशन दिएको छ।