४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार: नेप्से झिनो अङ्कले सुधार



अ+ अ-

काठमाडौँ- धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूच्क ०.२४ बिन्दुले बढेर २६८.५७ अङ्कमा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीदबिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६१, वित्त १.६१, निर्जीवन बीमा ०.१२, उत्पादन २.५३ र लघुवित्त ०.४७ बिन्दुले घटेको छ ।

यस्तै होटल ११.९६, विकास बैंक ८.८५, जलविद्युत् ०.९४, अन्य २.२५, जीवन बीमा ३२.५२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो । सो संस्थाको रु दुई करोड ५३ लाख सात हजार ३३० मूल्यमा कारोवार भयो । मेगा बैंकको संस्थापक शेयर रु दुई करोड १८ लाख २२ हजार ३२६, नेपाल बैंक लिमिटेड रु दुई करोड १७ लाख ३२ हजार १९९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड ६७ लाख ४६ हजार ८९२, सिभिल बैंक रु एक करोड ३८ लाख ६२ हजार ५५० र चिलिमे जलविद्युत् कम्पनीको रु एक करोड २४ लाख १०७ मूल्यमा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए । यस्तै नबिल इक्विटी फण्ड ७.३८, पञ्चकन्या माई हाइड्रोपावर ५.८८, समिट लघुवित्त वित्तीय संस्था ३.४०, दिव्यश्वरी हाइड्रोपावर २.७८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै मल्टी पर्पोज फाइनान्स कम्पनी ८.२७, अरुण काबेली पावर ६.२५, गुराँस लघुवित्त वित्तीय संस्था ३.७५, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.२, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।