१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटकाे उपाधि इङ्ल्यान्डले जित्याे, सुपर ओभरमा न्यूजील्यान्ड पराजित



अ+ अ-
AP/RSS Photo/Matt Dunham

काठमाडौं । विश्वकप क्रिकेटको उपाधि पहिलाेपटक इङ्ल्यान्डले जितेकाे छ । निकै राेमाञ्चक खेलमा दुवै टिमकाे स्काेर बराबरी भएपछि सुपर अाेभरबाट निर्णय लिइएकाे थियाे ।

न्यूजील्यान्डले प्रस्तुत गरेकाे २४२ रनकाे चुनाैती इङ्ल्यान्डले पूरै ५० अाेभरमा प्राप्त गर्न सकेकाे थिएन । अाठ विकेट गुमाएर इङ्ल्यान्डले २४१ रन मात्र बनाएपछि खेल बराबरी भएकाे थियाे ।

त्यसपछि खेलाइएकाे सुपर अाेभरमा पहिले ब्याटिङ गरेकाे इङ्ल्यान्डले १५ रन बनाएकाे थियाे । जितका लागि न्यूजील्यान्डले १६ रन बनाउनु पर्ने थियाे, तर उसले १५ रन मात्र बनाउन सक्याे ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे न्यूजील्याण्डले इङ्ल्यान्ड विरूद्ध ८ विकेटकाे क्षतिमा २४१ रन बनाएकाे थियाे ।

न्यूजील्यान्डका लागि हेनरी निकाेल्सले ५५ र टम लथमले ४७ रनकाे व्यक्तिगत इनिङ खेले पनि अरू ब्याट्सम्यान सस्तैमा अाउट भएका थिए ।

कसिलाे बलिङ र फिल्डिङ गरेकाे इङ्ल्यान्डका लागि क्रिस वाेक्स र लियाम प्लन्केटले समान तीन तीन विकेट लिएका थिए ।

जितका लागि २४२ रनकाे चुनाैती पाएकाे इङल्यान्डले बेन स्टाेक र जस बटलरकाे उत्कृष्ट ब्याटिङका मद्दले खेल बराबरी गरेका थिए ।

व्यक्तिगत पुरस्कार

१. प्लेयर अफ द म्याच (बेन स्टाेक)

२. प्लेयर अफ द टुर्नामेन्च (केन विलियम्सन)