४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन अझै सक्रिय : यी क्षेत्रमा भारी वर्षा हुने



अ+ अ-

काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ”, मौसमविद् नगरकोटीले भन्नुभयो । आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो । यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ । त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ ।

त्यस्तै वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको सरोवर भरिएर २५.४ मिटर पुगेकाले बाँध खोलेर नियन्त्रित निकास गुर्नपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।