४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैधानिक रूपमा भित्र्याएको एथ्लेटिको मड्रिडको प्रतिक्रिया दुःखलाग्दो: ग्रिजम्यान



अ+ अ-

काठमाडौं । एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका फरवार्ड एन्टोइन ग्रिजम्यानले आफ्नो ट्रान्सफरलाई लिएर मड्रिडले देखाएको व्यवहार दुःखलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।

मड्रिडले एकपक्षीय रूपमा एन्टोइन ग्रिजम्यानलाई बार्सिलोनाले अनुबन्ध गरेको आरोप लगाएको थियो ।विज्ञप्ति जारी गर्दै एट्लेटिको मड्रिडले एकपक्षीय रूपमा ला लिगाको कार्यालयमा रकम जम्मा गरेर खेलाडी भित्र्याएको घोषणा गरेकोले बार्सिलोनको कदम वैधानिक नभएको तर्क उसको छ ।

एथ्लेटिकोले बार्सिलोना र आफूहरूबीच गत जुलाई १ मा ग्रिजम्यानका लागि रिलिज क्लज २०० मिलियनबाट १२० मिलियनमा झार्ने सहमति भएपनि खेलाडी सरुवा दुई क्लबको साझा समझदारीमा मात्रै हुने बताएको छ ।

२८ वर्षीय ग्रिजम्यानसँग बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) मा शुक्रबार अनुबन्ध गरेको घोषणा गरेको थियो । तर बार्सिलोनाले सम्झौता गरेको समयमा ग्रिजम्यानको मूल्य २०० मिलियन युरो रहेको भन्दै एथ्लेटिको मड्रिडले विरोध गरिरहेको छ ।

‘हामी सम्झौताको नजिक पुगिसकेका थियौं तर फ्याट्ट त्यसमा परिवर्तन आइदियो । यसैले रकम घट्न पुग्यो । यसलाई सबैले स्वीकार गर्न आवश्यक छ’ उनले भने ।

तर एथ्लेटिको मड्रिड कानुन विपरीतको बिक्री रहेको भन्दै फिफामा उजुरी गर्ने तयारीमा छ । गएको मार्चमा नै ग्रिजम्यानसँग बार्सिलोनाले सम्झौता गरेको भन्दै त्यतिबेलाकै रकम तिर्नुपर्ने दाबी एथ्लेटिकोको रहेको छ ।

अब एथ्लेटिको मड्रिड धम्की दिइरहे जस्तो कानुनी बाटोमा नै जान्छ या उसले थप केही रकम बार्सिलोनाबाट लिएर विवाद साम्य पार्छ, यो भने स्पष्ट छैन ।

आइतबार बार्सिलोनामा सार्वजनिक भएका ग्रिजम्यान भने अवस्थाअनुसार भएका घटना हुनाले बार्सिलोना र एथ्लेटिको मड्रिडबीच विवाद आवश्यक नरहेको बताउँछन् ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

तर, एथ्लेटिकोले भने आफ्ना स्टार खेलाडीको मूल्य १२० मिलियन आफूलाई चित्त नबुझेको भन्दै २०० मिलियन नै तिर्न भनेको छ ।

यससँगै ग्रिजम्यान विश्वका छैटौं महँगा खेलाडी बनेका छन्। नेइमार सर्वाधिक महँगा खेलाडी हुन् भने केलियन एमबाप्पे दोस्रा, फिलिप काउटिन्हो तेस्रा, जोआओ फिलिप चौथौ र उस्मान डेम्बेले पाँचौ महँगा खेलाडी हुन्।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

ग्रिजम्यान बार्सिलोनाले यो सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।