७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

के गर्दैछन् नेपाली कूटनीतिक नियोग ?



अ+ अ-

काठमाडौं । पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न । कामदारसँग अन्तरक्रिया। रोजगारदाता कम्पनीको भ्रमण । युुरोप, अमेरिकामा नेतालाई स्वागत । ‘ट्रान्जिट’ मा नेताको स्वागत । मन्त्रीहरूको आगमन र प्रस्थान ।
विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट फाट्टफुट्ट सम्प्रेषण हुने प्रेस विज्ञप्तिका नमुना हुुन् यी । विदेशमा ३० दूतावास, तीन स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । कुनै न कुुनैले यस्ता विज्ञप्ति निकालिरहन्छन् । यसबाट कामै यत्ति हो कि भन्ने भान हुन्छ ।

त्यहाँको विदेश मन्त्रालय वा राजनीतिक तवरमा गरेका छलफल, लगानीसम्बन्धी कार्य, आर्थिक कूटनीतिमा अवलम्बन गरिएका कार्य बाहिर आउँदैनन् । उनीहरूले परराष्ट्र मन्त्रालयमा पठाउने प्रगति विवरणमा पनि यस्तै हल्काफुुल्का कुरा हुन्छन् । गम्भीर विषयका विवरण एक–दुुई राजदूतले पठाउँछन् । दूतावासले हरेक महिना आआफ्ना कामको समीक्षा प्रतिवेदन पठाउँछन् । ती सबै परराष्ट्रसचिव र सम्बन्धित महाशाखामा आउँछन् ।

‘त्यसमा कमीकमजोरी औंल्याउने काम न मन्त्रालयबाट हुन्छ न त राम्रो ग(यौं भनेर प्रोत्साह नै’, एक राजदूतले भने, ‘हामीलाई कार्यादेश दिइएको हुन्छ तर त्यो आफैंमा गन्जागोल हुुन्छ । भ्याएजति, बुझेजति गर्ने हो । अन्य कामका लागि महाशाखाले पनि योजना दिनुुपर्छ ।’ प्रतिवेदनको सुनुवाइ नभएको भन्दै श्रीलंकाका लागि नेपाली राजदूत प्रा।डा।विश्वम्भर प्याकुुरेलले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको मुख्य कारण मन्त्रालयमा दूतावासप्रति उत्साह नहुनु र साना कर्मचारीको हालिमुुहालीलाई बनाएका छन् ।

सरकारले दूतावास खोलेर त्यसलाई नियमित बिजनेसमा ल्याउन नसकेझैं देखिन्छ । यसले कैयन् मुलुकमा रहेका दूतावास आवश्यकै नरहेको देखाउँछ । राष्ट्रसंघीय नियोगहरू न्युयोर्क र जेनेभा, छिमेकी मुलुकद्वय भारत र चीन, बाहिरी विश्वमा अमेरिका, बेलायत, बेल्जियम ९युरोपेली संघ हेर्ने०, जापान, दक्षिण कोरिया, इजिप्ट ९अफ्रिकासमेत हेर्दा०, मलेसिया, साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स र सार्क सदस्य मुलुकमा रहेका नाताले केहीबाहेक अन्यत्र दूतावासको औचित्य नरहेको प्रतिवेदन अध्ययन गर्दा स्पष्ट हुन्छ ।

प्रा। श्रीधर खत्री नेतृत्वको पूर्वराजदूत र विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदनमा पनि यस्ता विषय समेटिएका छन् । मन्त्रालयले भने त्यसको एक वर्ष नबित्दै अर्को समिति बनाएर दूतावास कहाँ कति आवश्यक, मन्त्रालयमा महाशाखा के गर्ने भन्ने अध्ययन अघि बढायो । त्यो अध्ययनले केही स्थानमा दूतावास खोल्न सक्नेसम्मको सिफारिस गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।