१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा



अ+ अ-

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।

सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो ।

विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो ।

साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको उहाँले बताउनुभयो ।