१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले घर बगाउँदा दुई बेपत्ता



अ+ अ-

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।

राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभएको छ । घटनास्थलमा आज बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको प्रहरी प्रमुख बुढामगरले बताउनुभयो ।

यता रौतामाई गाउँपालिकाको वडा नं १ मा पनि पहिरोको कारण रौता मुर्कुचीको अर्जुन तामाङको घर बगाएको छ । तामाङको घर पहिरोले बगाउँदा नौ वर्षका छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोका कारण उदयपुरमा हालसम्म झण्डै एक दर्जन घर पहिरोले बगाएका प्रहरी प्रमुख बुढामगरले बताउनुभयो ।