९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेटकाे वरीयता : ब्याटिङतर्फ काेहली, बलिङतर्फ बुमराह शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् ।

ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने रोहित शर्मा दोस्रो स्थानमा छन् । यस्तै पाकिस्तानका बाबर आजम र दक्षिण अफ्रिकाका फाफ डु प्लेसी क्रमश तेस्रो र पाँचौंबाट चौथो स्थानमा उक्लिएका छन् ।

न्यूजिल्याण्डका रोस टेलरलाई पाँचौं स्थानमा रहदाँ न्यूजिल्याण्डकै कप्तान केन विलियम्सन छैठौ स्थानमा रहेका छन् ।

यता अष्ट्रेलियाका डेविड वार्नर सातौं, इंग्ल्याण्डका जो रुट आठौं, दक्षिण अफ्रिकाका क्विन्टन डि कक नवौं र इंग्ल्याण्डका ज्यासन रोय १०औं स्थानमा छन् ।

बलिङतर्फ भारतका जस्प्रित बुमराह शीर्ष स्थानमा रहँदा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट दोस्रोमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा तेस्रो, अष्ट्रेलियाका प्याट कमिन्स चौथोमा र दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं स्थानमा छन् ।

अफगानिस्तानका मुजीव जद्रान छैटौं, इंग्ल्याण्डका क्रिश वक्स सातौं, अष्ट्रेलियाका मिचेल स्टार्क आठौं, अफगानिस्तानका राशिद खान नवौं र न्यूजिल्याण्डका म्याट हेनरी १०औं स्थानमा छन् ।

अलराउण्डर तर्फ बंगलादेशक शकिब अल हसन शीर्ष स्थानमा छन् भने इंग्ल्याण्डका बेन स्टोक्स दोस्रोमा छन् । अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन् भने पाकिस्तानका इमान वासिम चौथो र अफगानिस्तानका राशिद खान पाँचौं स्थानमा छन् ।

इंग्ल्याण्डका क्रिश वक्स छैटौं, वेष्ट इण्डिजका ज्यासन होल्डर सातौं, न्यूजिल्याण्डका मिचेल सान्टनर आठौं, दक्षिण अफ्रिकाका एन्डिल फेलुकवायो नवौं र भारतका हार्दिक पंड्या र पाकिस्तानका मोहम्मद हफिज संयुक्त रुपमा १०औं स्थानमा छन् ।