काठमाडौं । बाढी पहिरो र डुवानका कारण नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोमा संयुक्त राष्ट्रसंघका महासचिवले दु:ख व्यक्त गरेका छन् ।
महासचिव एन्टोनियो गुटेरेसका सहायक प्रवक्ताले विज्ञप्ति जारी गरी मनसुनी बर्षा र त्यसपछि आएका बाढीका कारण जीवन गुमाएका, घरवार र सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका वासिन्दाप्रति सहानुभूति व्यक्त गरेका छन् ।उनले बाढी र पहिरो प्रभावित देशलाई मानवीय सहायता गर्न तयार रहेको बताएका छन् ।
महासचिव गुटेरेसले मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते हुनेहरुको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।