८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका असन्तुष्ट समुहको बैंठक सम्पन्न, पार्टीको नाम नेपाल कम्युनिष्ट नै राख्ने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का असन्तुष्ट समुहको बैंठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बैठकले समसामयिक राजनीतिक विषयवस्तु र पार्टीका महत्वपुर्ण विषयमा गम्भीर ढंगले छलफल गरी निम्न निर्णयहरु पारित गरिएको नेकपाको केन्द्रीय समानान्तर सचिवालयका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सो बैठकले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै राख्ने र यही नाममा समान्तर पार्टी गतिविधि गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ। पार्टीको सचिवालय गठन सम्बन्धमा १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन गर्ने निर्णय गरेको हो।

जसको अध्यक्षमा युवराज सफल, वरिष्ठ नेता डा. मोजराज बगाले, वरिष्ठ नेता डिबी थापा, वरिष्ठ नेता सिद्धार्थ अधिकारी, वरिष्ठ नेता भोजराज श्रेष्ठ, महासचिव डिबी बुढा, सचिवालय सदस्यहरु शुशिल योगी, राजकुमार हुमागाई, धिरेन्द्र झा, जेएन घिमिरे, पुरुषोत्तम गजुरेल,आशिष तामाङ्ग र राम बुढाथोकी रहेका छन् ।

त्यस्तै, भेलाले पार्टी भेला तथा पुर्ण केन्द्रीय समिति घोषणा समेत गर्ने भएको छ । तत्कालीन नेकपा (माओवादी)केन्द्रमा एकीकरण गरेका ४२ भन्दा बढी राजनीतिक पार्टी र तत्कालीन नेकपा (एमाले)र (माओवादी) केन्द्रका जिम्मेवारीविहिन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य लगायतको भेला मिति २०७६ असोजमा बोलाई सोही बृहत भेलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुर्ण केन्द्रीय समानान्तर समिति घोषणा गर्ने र त्यति बेलासम्म यही केन्द्रीय सचिवालयले नै कार्यकारी भुमिका खेल्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।