८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ६९ पुग्यो, २४ जना बेपत्ता



अ+ अ-

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो ।

राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रको अनुसार ३० जना अझै पनि हराइरहेका छन् भने ४३ जना घाइते भएका छन् । १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको छ । अहिलेसम्म क्षतिको यकिन तथ्यांक नआएको केन्द्रका प्रमुख वेदनिधी खनालले बताए।

उनका अनुसार बाढी पहिरो प्रभावितले आफ्नो वडा कार्यालयमा राहतको लागि माग गर्न सक्नेछन् । त्यसका लागि पालिकाहरुले छुट्टै संयन्त्र पनि बनाउने केन्द्रले उनले जनाए ।यस्तै, उनले समान राहत वितरणको लागि एकद्वार प्रणाली लागू हुने पनि जानकारी दिए ।