८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंगिन्छ: प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन्।

ललितपुरमा बुधबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भनेअनुसार नै बुधबार बेलुकीसम्म सबै काम सकिने बताए।

‘ बुधबार बेलुकीसम्म पार्टी एकताका काम टुंग्याउँछौं,’ प्रचण्डले भने, ‘यो कार्यक्रम लगत्तै म पार्टी बैठकमा जान्छु। मूलभूत कुराहरू सकिएको छ। खाली ठाउँ भर्न मात्रै बाँकी छ।’

उनले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने बताए। प्रचण्डका अनुसार आज कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सकिन्छ।

पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने उनले बताए।

‘पार्टी कमिटी र जनतासँग सम्बन्ध सुदृढ बनाउन देशैभर अभियानमा जान्छौं,’ उनले भने, ‘पार्टी एकताको काम तीन महिनामा सक्ने भनिएको थियो। ढिला भएकै हो तर काम फत्ते गरेका छौं।’