८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ ।

सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।

अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट उठाउने सहमती गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टले बताए।

सरकारसँग सहमती गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने भट्टले बताए।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको भट्टले बताए ।

कर थप गरेपछि सेवाप्रदायकहरुले त्यसको भार उपभोक्तालाई बोकाउनेगरी हालको शुल्कमा सोही दरले बढाउने तयारी गरेका छन्। सरकारले कर बढाएको र शुल्क भन्दा पनि त्यही करलाई अहिलेको मूल्यमा थप गरिने सेवाप्रदायकहरुले जानकारी जानकारी दिए। निजी देखि सरकारी स्वामित्वको नेपाल टेलिकमले शुल्क बढाउने आन्तरिक तयारीमा छन्।

यसअघि भ्वाइस कलमा यस्तो शुल्क ४ प्रतिशत मात्र लाग्थ्यो अवदेखि उक्त दर बढेर १३ भएको छ भने दायरा विस्तार भएर इन्टरनेट सेवाप्रदायकले पनि यही तिर्नुपर्ने छ।

आउने वर्षदेखि इन्टरनेट, कल तथा समग्र दुरसंचार सेवा महंगो हुने भएको छ। विश्व्यापीरुपमा दुरसंचार सेवा तथा प्रविधि सस्तो हुँदै आएपनि नेपालमा भने झन बढ्दै गएको छ। इन्टरनेट सेवाप्रदायकहरुको कर्पोरेट ट्याक्स पनि बढेको, सेवा शुल्क पनि लगाएकोले शुल्क १३ प्रतिशत बढीले बढ्नसक्ने सेवा प्रदायकहरुको भनाइ छ।