१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीले तोक्यो नेयमारको मुल्य, कोउटिन्हो र डेम्बेले अस्विकार



अ+ अ-

काठमाडौं । फ्रेन्च क्लब पीएसजीले ब्राजिलियन स्टार खेलाडी नेयमारको बिक्रि मुल्य तोकेको छ ।


नेयमारले क्लब छोड्ने बताएपछि क्लबले नेयमारका लागि २४९ मिलियन अमेरिकी डलर मुल्य तोकेको स्पेनिस मिडिया एएसले उल्लेख गरेको छ । यता प्रशिक्षक थोमसले भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’

यस्तै पीएसजी अध्यक्ष नासेर अल खेलाफीले नेयमार अन्य कल्बमा जान चाहे उनको लागि बाटो खुल्ला रहेको बताएका थिए । उनले भनेका छन्, ‘हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

अहिले नेयमारलाई बार्सिलोनाले पुनः भित्र्याउने योजना बनाएको बताइन्छ । केहि साता अघि बार्सिलोनाका अध्यक्षले नेयमारलाई भित्र्याउन सकिने बताए पनि पीएसजी बेच्न तयार नभएको बताएका थिए ।

यता संचार माध्यममा बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो, फ्रेन्च विंगर उसामान डेम्बेले, पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडो र फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी दिनुपर्ने कुरा आएको थियो। त्यति मात्रै हैन, माथिका ४ जना खेलाडीमध्ये ३ जना खेलाडी दिएर बार्सिलोनाले पीएसजीलाई केही सरुवा फी समेत तिर्नु पर्ने बताएको थियो । तर पीएसजीले नेयमारका लागि बार्सिलोनाले प्रस्ताव गरिएका भनिएका फिलिप कोउटिन्हो र उसमान डेम्बेलेलाई भने अस्विकार गरेको बताइएको छ । पीएसजीले नेयमारलाई किन्ने सबै रकम नगद नै हुनुपर्ने बताएको एएसको रिपोर्टमा उल्लेख छ ।

पीएसजीको यस्तो अफर बार्सिलोनाले कोउटिन्हो र डेम्बेलेलाई दिएर ४५ मिलियन डलर दिने प्रस्ताव राखेपछि आएको बताइएको छ ।


नेयमार २०१७ मा पीएसजी जाँदा पनि १९८ मिलियन पाउण्डमा  बार्सिलोना छोडेका थिए । तर, पीएसजीमा आशा अनुरुपको प्रर्दशन गर्न नसकेपछि उनी निराश रहेका छन् । अहिले उनी बार्सिलोना फर्कने तयारीमा छन् । पिएसजीले बार्सिलोना फर्किदाँ आफुले किनेको मूल्यभन्दा मूल्यमा नेयमारलाई नदिने प्रस्ताव अगाडी ल्याएको छ ।

ढिलो गरि सोमबार मात्र पेरिस पुगेका नेयमारले पीएसजी व्यवस्थापनलाई आफुले क्लब छोड्न चाहेको बताए पछि पीएसजीले बार्सिलोनाको अफरको जवाफ दिएको हो ।

अहिले पीएसजीमा दुई स्टार खेलाडी एमबाप्पे र नेयमारबीच देखिएको प्रतिस्पर्धा व्यक्तिगत रुपमै जाला कि भन्ने डर बढीरहेका बेला क्लबकै लागि पनि यस्तो अवस्था सम्हाल्न सहज भने छैन । तर एमबाप्पे भने
नेयमार साथै नहुँदा आफूहरु कमजोर बन्ने डरमा देखिन्छन् ।

उनीहरुबीच मैदानमा हुने सहकार्यसँगै व्यक्तिगत रुपमा पनि अहिलेसम्म राम्रो सम्बन्ध छ । दुवै एकअर्काका प्रशंसक नै हुन् । केही दिनअघि नेयमार घाइते रहेकाले कोपा अमेरिका गुमाउने भएपछि एमबाप्पेले उनलाई सान्त्वना दिँदै सन्देश लेखेका थिए ।

एमबाप्पे नेयमार आफूसँगै रहँदा मैदानमा सहज हुने खुला रुपमा नै बताउँछन् । त्यसैले उनको धारणा छ, ‘आउने सिजन पनि नेमार पीएसजीमै रहुन् र आफूसँगै खेलुन् ।’

तर स्पेनिस मिडियाहरु नेयमार क्याम्प नाउ फर्कनेमा कम सम्भावना रहेको बताउछन् । यता बार्सिलोनाले फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ ।बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) ग्रिजम्यानसँग सम्झौता गरेको हो।

एकै सिजन एक क्लबले दुई ठूलो अनुबन्ध गर्न कठिन विषय हो। त्यसैले नेमारको पुनर्आगमन उनको नजरमा जटिल विषय हो।

नेयमार गएको महिनादेखि नै बार्सिलोना र्फकने कसरतमा रहे पनि ठूलो आर्थिक कारोबारका कारण अवस्था कठीन बनेको छ ।

यस्तोमा बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले पनि नेमार ल्याउन सहज नरहेको धारणा सार्वजनिकरुपमा नै बताएका छन् ।

सन् २०१७ मात्रै नेयमार पिएसजीसँग आवद्ध भएका थिए । नेयमार बार्सिलोना छाडेर पीएसजी गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो ।

यदि नेयमार पुनः बार्सिलोना फर्किए वार्षिक तलबमा समेत कटौती हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।


हाल नेयमारले पिएसजीबाट खेल्दा वार्षिक ३६.८ मिलियन युरो कमाउँछन् । तर यदि बार्सिलोना फर्किए भने उनको वार्षिक तलब घटेर २४ मिलियन युरो हुन सक्ने जनाएको छ । गत हप्ता म्यान्चेष्टर युनाइटेडले पल पोग्बाको स्थानमा नेयमारलाई भित्र्याउने चाहना राखेको थियो । तर पिएसजीले उच्च रकम अफर गरेपछि युनाइटेड पछि हटेको थियो ।