८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप छनोटको समूह चरण ड्र आज, नेपाल पट ५ मा



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणको एसियाली ड्र आज हुँदैछ।सन् २०२३ मा चीनमा हुने र एएफसी एसियन कप २०२३ को लागि पनि यही ड्र कायम गरिनेछ।

ड्र मा एसियाका ४० राष्ट्रहरुलाई समावेश गरिनेछ र ड्र पछि ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ५–५ टम रहनेछ।

००६ मा फिफाले विश्वकप छनोटको नयाँ नियम बनाएपछि नेपालले दोस्रो चरणको छनोट प्रतियोगिता खेल्न लागेको यो पहिलो हो। दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ ।

दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ । नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो । नेपाल छनोटको पट ५ मा रहेको छ । यो पटमा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम र श्रीलंका रहेका छन्। सबैभन्दा कमजोर वरीयता रहेको टोलीहरु भएको यस पटका राष्ट्रले समूह चरणमा बलिया प्रतिद्वन्द्वी सँग खेल्नुपर्ने हुन्छ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपमा पनि स्थान पक्का गर्नेछन् । अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

फिफाले गत महिना सार्वजनिक गरेको वरीयताअनुसार एसियाली वरीयतामा शीर्ष ३४ मा परेपछि नेपालले पहिलोपटक सिधै विश्वकपको दोस्रो चरणको छनोटको स्थान पक्का गरेको थियो।

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २–० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो ।

नेपालले १९८६ बाट विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। पहिलोपटक नेपालले दशरथ रंगशालामा खेलेको थियो। समूह ३ ‘ए’ मा रहेको नेपालको समूहमा मलेसिया र दक्षिण कोरिया थिए। नेपालले मलेसियासँग घरेलु मैदानमा गोलरहित बराबरी खेल्नुबाहेक सबै खेल हारेको थियो। त्यसपछि नेपालले १९९४ र २००६ मा बाहेक सबै संस्करणको विश्वकप छनोटमा भाग लिँदै आएको छ। २००६ मा ग्वामविरुद्ध खेल्नु पर्ने भएपछि नेपालले जरिवाना तिरेर प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

कुन ‘पट’ मा कुन टिम?

पटका १–१ टोली गर्दै कुल ५ टोली रहनेछन् ।

पट १ – इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, चीन

पट २ – इराक, उज्बेकिस्तान, सिरिया, ओमान, लेबनान, किर्गिस्तान, भिएतनाम, जोर्डन

पट ३ – प्यालेस्टाइन, भारत, बहराइन, थाईल्यान्ड, ताजिकिस्तान, उत्तर कोरिया, चाइनिज ताइपेइ, फिलिपिन्स

पट ४ – तुर्कमेनिस्तान, म्यानमार, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, मलेसिया

पट ५ – इन्डोनेसिया, सिंगापुर, नेपाल, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम, श्रीलंका