८ आश्विन २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति सैनिकको मृत्यु



अ+ अ-

संयुक्त राष्ट्रसंघ । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताउनुभयो ।गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताउनुभयो । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् ।

उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ ।