१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल कठिन समूहमा



अ+ अ-

काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ ।

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् ।

२००६ मा फिफाले विश्वकप छनोटको नयाँ नियम बनाएपछि नेपालले दोस्रो चरणको छनोट प्रतियोगिता खेल्न लागेको यो पहिलो हो। दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ ।

दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ । नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपमा पनि स्थान पक्का गर्नेछन् । अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

फिफाले गत महिना सार्वजनिक गरेको वरीयताअनुसार एसियाली वरीयतामा शीर्ष ३४ मा परेपछि नेपालले पहिलोपटक सिधै विश्वकपको दोस्रो चरणको छनोटको स्थान पक्का गरेको थियो।

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २–० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो ।

नेपालले १९८६ बाट विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। पहिलोपटक नेपालले दशरथ रंगशालामा खेलेको थियो। समूह ३ ‘ए’ मा रहेको नेपालको समूहमा मलेसिया र दक्षिण कोरिया थिए। नेपालले मलेसियासँग घरेलु मैदानमा गोलरहित बराबरी खेल्नुबाहेक सबै खेल हारेको थियो। त्यसपछि नेपालले १९९४ र २००६ मा बाहेक सबै संस्करणको विश्वकप छनोटमा भाग लिँदै आएको छ। २००६ मा ग्वामविरुद्ध खेल्नु पर्ने भएपछि नेपालले जरिवाना तिरेर प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

कुन ‘पट’ मा कुन टिम?

पटका १–१ टोली गर्दै कुल ५ टोली रहनेछन् ।

पट १ – इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, चीन

पट २ – इराक, उज्बेकिस्तान, सिरिया, ओमान, लेबनान, किर्गिस्तान, भिएतनाम, जोर्डन

पट ३ – प्यालेस्टाइन, भारत, बहराइन, थाईल्यान्ड, ताजिकिस्तान, उत्तर कोरिया, चाइनिज ताइपेइ, फिलिपिन्स

पट ४ – तुर्कमेनिस्तान, म्यानमार, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, मलेसिया

पट ५ – इन्डोनेसिया, सिंगापुर, नेपाल, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम, श्रीलंका