८ आश्विन २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा घर भत्किँदा १४ जनाको मृत्यु



अ+ अ-

मुम्बई । भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् ।

भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी रहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ ।

उक्त भवन मंगलबार बिहान ११ बजे भत्किएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

स्थानीय महानगरले उक्त भवनलाई सन् २०१७ मा तत्काल भत्काउने गरी ग वर्गमा वर्गीकरण गरेको थियो । मुम्बईमा पुराना भवनहरु भत्किएर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।