९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको पहिलो बैठकमै जिल्ला कार्यालय र सचिवालय गठन



अ+ अ-

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर (राना) र सचिव सोममाया राई (सिन्धु) सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत र उमेश गुरुङ रहनुभएको छ ।

त्यस्तै सचिवालयको सदस्यहरुमा जिल्ला कमिटी अध्यक्ष मागर तथा सचिव राई (सिन्धु) सहित भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत, उमेश गुरुङ, गणेशप्रसाद बराल, टेकबहादुर राई, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार राई, धनकुमार राई, उदयबहादुर राई, नरेन्द्रनाथ भट्टराई, कुमार बराइली, ओमनारायण खनाल, छविलाल आचार्य, शोभा पराजुली, नवराज शङ्कर, दीपक सेन्चुरी, तेजमाया गुरुङ छन् ।

त्यस्तै कविरमान राई, देवेन्द्र शङ्कर, चित्रकला बराइली, सुकबहादुर लावती, सूर्य पोख्रेल, दीपेन्द्र खनाल, जीवन शर्मा, यामबहादुुर राई, राजकुमार थापा, बुद्धि खनाल, लक्षुमण राई, किरणकुमार राई, गोविन्द न्यौपाने, रणबहादुर राई, श्रीमान् राई, हरिबाला राई, अशोक प्रधान, तारा गुरुङ, न्युसन राई, जसबहादुर लङ्गेली, श्यामकृष्ण घिमिरे र भोजप्रसाद खतिवडा रहेका छन् । बैठकले कार्यालय सचिवमा नवराज शङ्करलाई चयन गरेको छ ।