८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ सय बिजुली बस ल्याउन साझालाई ३ अर्ब



अ+ अ-

काठमाडौं । साझा यातायातले ३ सय बिजुली बस ल्याउनका लागि ३ अर्ब रुपैयाँ पाएको छ।

यसअघि प्राधिकरण गठन गरी सोमार्फत ३ सय बिजुली बस खरिद गर्ने भनिए पनि साझाले नै बस खरिद गर्ने जिम्मा पाएको हो। मन्त्रिपरिषद बैठकले नै साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो।

चार्जिङ क्षमता, सिट संख्यालगायतका स्पेसिफिकेसन मन्त्रालयले नै तोकेको छ। मन्त्रालयले भोलि बिहीबार पत्रकार सम्मेलन गरी यसबारे औपचारिक जानकारी दिने भएको छ।

यसअघि बिजुली बस खरिदकै लागि साझाले प्रदेश ३ सरकार, काठमाडौं महानगर र ललितपुर महानगरबाट साढे ४२ करोड रुपैयाँ प्राप्त गरेको छ। प्रदेश ३ ले ३० करोड, काठमाडौं महानगरले १० करोड तथा ललितपुर महानगरले साढे २ करोड रुपैयाँ प्रदान गरेका हुन्।

सरकारले आगामी ५ वर्षभित्र २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने लक्ष्य लिएको छ। निजी क्षेत्रलाई समेत विद्युतीय सवारी संचालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उद्देश्यले सरकारले भन्सार शुल्कमा विशेष सहुलियत प्रदान गर्ने घोषणा गरेको छ।