८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारको बजेट खर्च नौ अर्ब



अ+ अ-

सुर्खेत- कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रु नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ । मन्त्रालयगत रुपमा विनियोजित चालूगत रु ६ अर्ब ३७ करोड ७७ लाख ७५ हजार र पूँजीगत रु २१ अर्ब ९१ करोड, २६ लाख ४३ हजारमा कूल खर्च रु नौ अर्ब ८० करोड ६५ लाख ९१ हजार (३५%) बजेट खर्च भएको अािर्थक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता दिलीप केसीले जानकारी दिनुभयो ।

जसमा रु चार अर्ब ४९ करोड ६८ लाख ५४ हजार चालूगत (७१%) र पूँजीगततर्फ रु पाँच अर्ब ३० करोड ९७ लाख २६ हजार (२४%) बजेट खर्च भएको प्रवक्ता केसीले बताउनुभयो । “सरकारले आव ०७५/७६ को शुरुदेखि जेठ महीनासम्म कूल बजेट मध्यमा रु चार अर्ब २७ करोड ५१ लाख ७९ हजार (१५ प्रतिशत) खर्च गरेको थियो”, उहाँले भन्नुभयो, “असार महीनामा भने सरकारले रु पाँच अर्ब ५३ करोड १४ लाख (२० प्रतिशत) बजेट गरेको छ ।” विभिन्न कानूनी अल्झन, संरचना र जनशक्ति अभावका कारण सरकारले अपेक्षित रुपमा बजेट कार्यान्वयन गर्न नसकेको उहाँको भनाइ थियो ।

कुन मन्त्रालयमा कति खर्च

गत आव ०७५/७६ मा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयको प्रारम्भिक खर्च विवरणसमेत प्राप्त भएको प्रवक्ता केसीले बताउनुभयो । जसअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले रु दुई अर्ब ६३ करोड ७६ लाख ८० हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु एक अर्ब ९५ करोड दुई लाख ५४ हजार, सामाजिक विकास मन्त्रालयले रु एक अर्ब ९२ करोड ७५ लाख ५७ हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब ७८ करोड २३ लाख ९२ हजार बजेट असार मसान्तसम्म खर्च गरेको जनाइएको छ ।

त्यसैगरी, आर्थिक मामिला मन्त्रालयको रु ८८ करोड ९० लाख, आन्तरिक मामिला मन्त्रालयको रु ३६ करोड ९८ लाख ६२ हजार, प्रदेशसभा सचिवालयको रु ११ करोड ३५ लाख ६७ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रु आठ करोड ८९ लाख र मुख्य न्यायाधिवक्ताको कार्यालयको रु एक करोड ५६ लाख ८७ हजार बजेट खर्च भएको उहाँले जनाउनुभयो । प्रदेश सरकारले गत आव ०७५/७६ मा रु २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट प्रस्तुत गरेको थियो ।