८ आश्विन २०८१, मंगलवार
,
Latest
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण डी लिग्ट बार्सिलोना आएनन् !



अ+ अ-

काठमाडौं । डच क्लब अजाक्सका कप्तान माथेज डी लिग्ट इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन् । सिरी ए च्याम्पियनमा अनुबन्धित हुने प्रक्रिया पूरा गर्नका लागि डी लिग्ट तुरिन पुगेका छन् ।

पाँच वर्षको लागि युभेन्टसले डी लिग्टलाई आफ्नो क्लबमा भित्र्याउन लागेको हो । युभेन्टसले उनलाई ७० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारीमा छ । डी लिग्टले वाषिर्क १२ मिलियन युरो पाउनेछन् । त्यस्तै, उनको १५० मिलियन युरो रिलिज क्लोज राखिएको छ ।

१९ वर्षका डी लिग्टको नाम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएको थियो । यस्तै बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पिएसजी) सहितका क्लबले पनि उनमा चासो देखाएका थिए । तर क्रिष्टियानो रोनाल्डोले डी लिग्टलाई युभेटन्स आउन सल्लाह दिएका थिए ।

अजाक्सलाई डच लिग च्याम्पियन बनाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुर्याएपछि उनी युरोपेली क्लब फुटबलमा नयाँ स्टारको रुपमा उदाएका हुन् ।

सन् २०१६ मा डेब्यु गरेका उनले डच लिग र डच कपको उपाधि जितेका छन् । यस्तै सन् २०१७ मा अजाक्स युरोपा लिग फुटबलको फाइनलमा पुगेको थियो । ९ वर्षको हुँदा अजाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका छन् ।

उनी गएको वर्ष २०१८ को मार्चमा क्लबको कप्तान बनेका थिए र उनी सबैभन्दा कम उमेरमा अजाक्सको कप्तान बने ।

उनले गएको सिजन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको क्रममा युभेन्टसविरुद्ध विजयी गोल गरेका थिए । युभेन्टसलाई पराजित गरेर अन्तिम चारमा पुगेको अजाक्स टोटनह्यामसँग पराजित भएको थियो ।

डि लिग्टले बार्सिलोनासँग किन सम्झौता गरेनन् ? यसका केही कारणहरु छन् । जसमध्ये एक हो, तलब । उनका एजेन्ट मिनो रइओलाले बार्सिलोनासँग सम्झौताको लागि प्रत्येक वर्ष डी लिग्टलाई १२ मिलियन युरो दिनुपर्ने प्रस्ताव राखेका थिए । तर बार्सिलोनाले यति ठूलो राशिमा भित्र्याउन मानेन ।

डी लिग्ट बार्सिलोनासँग जोडिन नसक्नुको अर्को कारण हो, क्लबमा पर्‍याप्त सेन्टर–ब्याक । बार्सिलोनामा अहिले जिरार्ड पिके, क्लेमेन्ट लिनग्लेट, स्यामुएल उमटिटी र जियान क्लेइर टोडिबो रहेका छन् ।

बार्सिलोना आएको भए डी लिग्टले यी खेलाडीसँग प्लेइङ इलाभेनमा पर्न प्रतिस्पर्धा गर्नु पथ्र्यो । यस्तो अवस्थामा उनले मौका कप पाउने थिए भने अनुभवी खेलाडीको छायामा उनी पर्न सक्थे ।

त्यस्तै, बार्सिलोना अझै स्ट्राइकर लाइनलाई बलियो बनाउन चाहिरहेको थियो । उसको नजरमा एन्टोनी ग्रिजम्यानदेखि नेयमारसम्म थियो । अन्ततः यसै साता ग्रिजम्यानलाई बार्सिलोनाले ठूलो रकममा भित्र्यायो । बार्सिलोनाको ठूलो खेलाडीमा नजर जादा डी लिग्टलाई भित्र्याउने प्रक्रिया भने अगाडि बढेन ।

खासगरि २८ वर्षीय ग्रिजम्यानसँग बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) मा अनुबन्ध गर्यो । उसले ग्रीजम्यानसँग ५ वर्षका लागि सम्झौता गर्यो।उनको रिलिज क्लज ८ सय मिलियन युरो रहेको छ। एक सिजन बार्सिलोनाले धेरै पैसा खेलाडीको लागि खर्च गर्न नसक्ने अबस्था थियो ।

डी लिग्ट बार्सिलोना नपुग्नुको अर्को कारण हो, युभेन्टसको दृढता । इटालियन सिरि ए विजेता युभेन्टसले उनलाई भित्र्याउन ठूलै दौडधुप गर्‍यो । जसमा क्लब सफल पनि भयो ।

अनुबन्धनका लागि इटालीको टुरिन पुगेका डी लिग्टले भनेका छन्, ‘म यहाँ आएर खुसी छु ।’युभेन्ट्सको नयाँ प्रशिक्षकको रुपमा सर्रीले अनुबन्धन गर्ने डी लिग्ट पहिलो खेलाडी हुनेछन् । उनी भर्खरै लण्डन क्लब चेल्सीबाट ईटाली फर्किएका छन् ।