८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले मेची राजमार्ग अवरुद्ध



अ+ अ-

पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए ।

सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उनले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन आज दिनभर लाग्ने उनको भनाइ छ ।

यो राजमार्गबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका तिम्सिनाको भनाइ छ ।