९ पुष २०८२, बुधबार
,
Latest
आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले टर्कीलाई युद्धकविमान नबेच्ने



अ+ अ-

वासिङटन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकु विमान एफ-३५ बिक्री नगरिने बताएका छन्। टर्कीले रूसबाट अत्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीले लडाकु विमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं। हामी टर्कीलाई एफ-३५ लडाकु विमान बेच्दैनौं।’ उनले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रूसी हतियार खरिद गरेको बताए। यसअघि अमेरिकी रक्षा मन्त्रालयले टर्कीले रूसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्नुमा ओबामा प्रशासन दोषी रहेको कहिल्यै बताएको थिएन।

अमेरिकी रक्षा सहायकमन्त्री क्याटी ह्वीलबर्गरले गत साता जारी गरेको विज्ञप्तिमा अमेरिकाले टर्कीलाई प्याट्रियोट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहमत भएको उल्लेख छ। यद्यपि टर्कीले अमेरिकी प्रस्तावलाई स्वीकार नगरेको पनि क्याटीले बताएकी छन्।

अमेरिकी प्रस्तावित रक्षामन्त्री मार्क एस्परले टर्कीले एस-४०० अथवा एफ(३५ मध्ये एक रोज्नुको विकल्प छैन भन्दै दुबै साधन टर्कीले प्राप्त गर्न नसक्ने स्पष्ट पारे। उनले भने, ‘नेटोको सदस्य रहेको टर्कीले रूसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने चाहना राख्नु निकै दुःखद कुरा हो।’

सन् २०१७ डिसेम्बरमा टर्की र रूसबीच २ अर्ब ५० करोड डलर मूल्यमा एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता भएको थियो। एस-४०० रूसको हालसम्मकै अत्याधुनिक लामो दूरीको विमानभेदी क्षेप्यास्त्र प्रणाली हो। रूसी हतियार खरिद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो।